ई–जिपी प्रणाली तत्काल सञ्चालन गर्न गोरखाका जनप्रतिनिधिको माग
ratopati.com · Thu Sep 17 13:24:51 GMT 2026

पोखरा । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली स्थगित गरी हार्डकपीमार्फत ठेक्का प्रक्रिया अगाडि बढाउन दिएको निर्देशनप्रति गोरखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरूले असहमति जनाएका छन्। जिल्लाका ११ वटै पालिकाका प्रमुखहरूले संयुक्त बैठक बसेर ई जिपिएस प्रणालीलाई तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका हुन्।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको संयोजकत्वमा बसेको स्थानीय तहका प्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूको संयुक्त बैठकले विद्युतीय खरिद प्रणाली अवरुद्ध हुँदा विकास निर्माण र बजेट कार्यान्वयनमा गम्भीर असर पुग्ने निष्कर्ष निकालेको हो । बिहीबार एक विज्ञप्ति जारी गरी हार्डकपीमार्फत टेन्डर आह्वान गर्दा सीमित व्यवसायीहरूको मात्र पहुँच हुने, मिलेमतो बढ्ने र राज्यलाई ठुलो आर्थिक नोक्सानी हुने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)