सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल
gorkhapatraonline.com · Thu Sep 17 13:21:48 GMT 2026

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने उद्देश्यले संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभएको छ ।
नेसनल लेजिस्लेटिभ एकेडेमीले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले समय, समाज र जनआकाङ्क्षाको परिवर्तनसँगै संविधान निरन्तर परिमार्जन र संशोधनको विषय बन्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)