एसियाली खेलकुदः भलिबल प्रतियोगितामा इन्डोनेसियासँग नेपाल पराजित
corporatenepal.com · Thu Sep 17 13:13:15 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो व्यहोरेको छ । दोस्रो पराजय व्यहोर्ने क्रममा नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो ।
बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो । आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)