दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय
khabarhub.com · Thu Sep 17 13:33:15 GMT 2026

दोलखा – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनको तयारी दोलखामा तीव्र बनेको छ। जिल्लाका ९ स्थानीय तहअन्तर्गत ७४ वडामा हुने अधिवेशनलाई लिएर कांग्रेसका दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन्।
केन्द्रीय तहमा संस्थापन र इतर समूहबीच महाधिवेशनको कार्यतालिका र वैधानिकतालाई लिएर विवाद चलिरहेका बेला त्यसको प्रभाव दोलखामा समेत देखिएको छ। वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला तहका नेताहरू अधिवेशनको तयारीमा सक्रिय भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)