संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव
khabarhub.com · Thu Sep 17 13:32:14 GMT 2026

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन् । अध्यक्ष यादवले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सुझावमा संविधानका सकारात्मक उपलब्धिको संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय, लोकतान्त्रिक गणतन्त्र र जनताको सार्वभौमसत्तालाई थप प्रभावकारी रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
यादवले पहिलो सुझावका रूपमा संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउनुपर्ने बताएका छन्। उनका अनुसार संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूप, समावेशिता, न्यायपालिकाको पुनर्संरचना, धर्मनिरपेक्षता, सामाजिक न्याय, प्रादेशिक स्वायत्तता, निर्वाचन क्षेत्र निर्धारण तथा संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, साधन–स्रोत र शक्तिको बाँडफाँटलाई समग्रतामा सम्बोधन गर्न आवश्यक छ। संविधान संशोधन कुनै एक दल वा सत्तारूढ शक्तिको स्वार्थमा सीमित नभई व्यापक राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनसहभागिताका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)