सार्वजनिक स्थानमा जथाभावी फोहोर फाले १५ हजारसम्म जरिबाना !
kendrabindu.com · Thu Sep 17 13:30:59 GMT 2026

काठमाडौं । सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गराएको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारीसमेत स्पष्ट गर्ने उद्देश्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)