नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित अख्तियारकाे फन्दामा
arthadabali.com · Thu Sep 17 13:38:03 GMT 2026

काठमाडौँ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। जिल्ला काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनका लागि अनावश्यक सास्ती, दुःख तथा हैरानी दिई घुसरिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)