पालिकाको प्रशासनिक भवनको शिलान्याश
rajdhanidaily.com · Mon May 06 23:47:05 UTC 2024

दैलेख । भैरवी गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । भैरबी गाउँपालिका–४मा ६ करिब रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवन सोमबार एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले शिलान्यास गरेकी हुन् ।
भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भण्डारीले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताईन्। प्रशासनको भवन निर्माण भइसकेपछी भवन अभाबका कारण बषौ अघिदेखिको समस्या पनि समाधान हुने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)