मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गवारोले मकै सखाप, किसान चिन्तित

thahakhabar.com

रौतहट : मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका किसान चिन्तित भएका हुन्।

व्यावसायिक रुपमा मकै खेती हुने चन्द्रपुर नगरपालिकाको गौडाटार, सन्तपुर, वसन्तपुर, नजरपुर र सिन्दूरेघारी र वृन्दावनका विश्रामपुर, बलेरी, गुजराको सिम्री, कनकपुर, मैरा र फतुवा विजयपुरको सन्तपुर, विजयपुरलगायत क्षेत्रमा गवारोको प्रकोप देखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)