निकृष्ट हो घरेलु हिंसा
annapurnapost.com · Fri Apr 22 00:15:00 GMT 2022
अदालतले कुनै पनि मुद्दा मामिलाको न्यायिक निरूपण गर्छ। अन्याय गर्नेलाई दण्ड र अन्यायमा परेकालाई न्यायको आदेश वा फैसला अदालतले गर्छ। तर, अदालतको त्यति कामले मात्रै न्याय सम्पादनको प्रक्रिया पूरा हुँदैन। जबसम्म न्यायको याचकले न्याय स्वरूप पाउनुपर्ने चिज पाउँदैन, दण्ड सजाय पाउनुपर्ने भोग्नु पर्दैन। त्यो निरर्थक हुन्छ। कागजमा सीमित हुन्छ। अदालतको ढोका पुग्नेले अपेक्षा गरेको कागजी कुरा होइन, व्यवहार हो। एक त नेपालमा न्यायमा पहुँच राख्नै कठिन छ। सानालाई ऐन र ठूलालाई चैन उखान त्यसै चलेको होइन। निमुखो र निर्धाे नेपालीले अदालतसम्म पुग्ने र न्याय माग्ने आँटै गर्न सक्ने वातावरण छैन। जब अनेक तगारा
नाघेर कोही अदालत पुग्छ र न्याय माग्छ अनि अदालतको आदेश र फैसला पनि आउँछ। तर फैसला कार्यान्वयन गर्न अर्काे सास्ती सहनुपर्छ। फैसलाअनुसारको न्याय पाउन फेरि अरू जंघार तर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)