सडक महोत्सवको तयारीमा जुट्यो रेवान
ratopati.com · Thu Sep 17 13:45:47 GMT 2026

पोखरा। अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आएको सडक महोत्सवको २८ औँ संस्करणको तयारी सुरु भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले बर्सेनि महोत्सव गर्दै आएको छ ।
यो वर्ष हुने महोत्सवको लागि द्वितीय उपाध्यक्ष योगेश भट्टराईको संयोजकत्वमा समिति गठन भएको छ। रेवानको बिहीबार बसेको बैठकले भट्टराईलाई सर्वसम्मत संयोजक चयन गरेको महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)