तीन दशकपछि थानीको क्षेत्रमा कांग्रेसबाट कोइराला उम्मेदवार
onlinekhabar.com · Mon Jan 19 17:51:50 GMT 2026

५ माघ, सुर्खेत । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–२ मा युवा नेता नारायण कोइरालालाई टिकट दिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।
विगत तीन दशक देखि चुनाव लड्दै आएका कांग्रेस नेता हृदयराम थानीले माघ १ गते एकाएक चुनाव नलड्ने घोषणा गरेका थिए । २०५१ देखि चुनाव लड्दै आएका थानीले नलड्ने घोषणा गरेपछि कांग्रेसले युवा नेता कोइरालालाई टिकट दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)