अर्घाखाँचीमा यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ, पहिलो चरणमा पटके सेवा
annapurnapost.com · Thu Sep 17 13:48:36 GMT 2026

अर्घाखाँची : जिल्लाका नागरिकलाई यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अर्घाखाँचीबाटै यातायात व्यवस्था कार्यालयले प्रदान गर्ने सेवा औपचारिक रूपमा शुभारम्भ भएको छ। पहिलो चरणमा अस्थायी बाटो इजाजतपत्र अर्थात् पटके सेवा सुरु गरिएको हो
बिहीबार आयोजित सेवा शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो दुई जना सेवाग्राहीलाई अस्थायी बाटो इजाजतपत्र प्रदान गर्दै सेवा प्रवाहको सुरुवात गरिएको हो। पहिलो सेवाग्राहीलाई इजाजतपत्र हस्तान्तरण गरिएसँगै अर्घाखाँचीबाट यातायातसम्बन्धी सरकारी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)