मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीका लागी टेण्डरमा ‘मिलेमतो’ गरेको आरोप, ६ सदस्यीय छानबिन समिति गठन

barnanmedia.com · Thu Aug 07 23:03:02 GMT 2025

नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा र बन्दोबस्तीका सामान खरिदमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । त्यसबारे उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले छानबिन सुरु गरेको छ ।

छानबिन गर्न समिति गठन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता (सहसचिव) रामबन्धु सुवेदीले रातोपाटीलाई बताए । सो कार्यालयको मालसामान खरिद अनुगमन शाखाका प्रमुख तथा निर्देशक विनोदकुमार कोइरालाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सहसचिव सुवेदीले भने, ‘समितिलाई ७ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)