रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा
nepallive.com · Thu Sep 17 14:04:10 GMT 2026

काठमाडौं– रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ ‘टार्म्याक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ रंग थपेको हो।
नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’ को मूल विशेषतालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)