सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने, अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश
aarthiknews.com

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ५२८औँ बैठकले कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। यस्तै, अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ।
अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांशमा लाग्ने करसहित समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)