भोटेकोशी बाढीपीडितका लागि कतारबाट सहयोग
ratopati.com · Thu Sep 17 14:06:31 GMT 2026

दोहा । कतारस्थित एसियाना दोहोरी गजल रेस्टुराँ बारमा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो कमाइबाट रकम संकलन गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका छन् ।
एसियानाका जनरल म्यानेजर संजिव कुमार गुप्ताको पहलमा रेस्टुराँमा कार्यरत कर्मचारीहरूले आफ्नो आम्दानीको केही हिस्सा योगदान गरी रकम जुटाएका हुन् । नेपालमा बाढीबाट ठूलो जनधनको क्षति भएको खबर पाएपछि मातृभूमिको संकटमा आफूहरूले पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले अभियान अघि बढाइएको गुप्ताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)