चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला
kendrabindu.com · Thu Sep 17 14:08:18 GMT 2026

काठमाडाैं । बाजुराका अनेरास्ववियु नेता चेतनदीप अयडीको हत्या प्रकरणमा जिल्ला अदालतले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको लगातार सुनुवाएपछि बिहीबार यो फैसला गरेको हो।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला कैलाशमाण्डौमा घर घेरा हालेर चेतनको क्रूरतापूर्वक हत्या गरिएको थियो। यस २४ जना प्रतिवादी रहेको यस मुद्दामा लामो समयको कानुनी प्रक्रियापछि फैसला आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)