झस्किए नेपाल, फेरियो बोली
ekantipur.com · Tue May 07 00:13:49 UTC 2024

काठमाडौँ — सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बोली एकाएक फेरिएको छ । जसपा विभाजनपछिको घटनाक्रमलाई लिएर सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले दबाब दिएपछि अध्यक्ष नेपालले वर्तमान सत्ता समीकरणलाई नै निरन्तरता दिने निष्कर्ष सार्वजनिक गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका नेता नेपाल पछिल्लो समय निरन्तर संवादमा मात्र थिएनन्, आलोपालो तीनै जना प्रधानमन्त्री हुने गरी वैकल्पिक गठबन्धनमा बनाउने समझदारी भएको कांग्रेसका नेताहरूले बताएका छन् । तर, समझदारी कार्यान्वयन हुनुअघि नै जसपा विभाजन भएको मात्र छैन, अध्यक्ष यादव दलभित्रै अल्पमतमा परेपछि नयाँ गठबन्धनको योजना तत्कालका लागि भंग भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)