लमजुङको सुन्दरबजारको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी
ekantipur.com · Mon May 16 18:53:20 GMT 2022
लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् । उपप्रमुखमा एमाले उम्मेदवार भवानी केसी निर्वाचित भएकी छन् । विजयी कांग्रेस उम्मेदवार कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याएका छन् । निकटम प्रतिद्वन्दी एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याएका छन् ।
प्रतिद्वन्द्वी राप्रपाका सन्तबहादुर बस्नेतले ३ सय ८५ मत र मंगोल नेसनल अर्गनाइजेसनका भीमराज गुरुङले ५१ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)