पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’
gorkhapatraonline.com · Thu Dec 26 16:54:38 GMT 2024

धरान (सुनसरी), पुस ११ गते । विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो ।
धरानबाट तीन किलोमिटर हाइकिङ गर्दै यहाँ आइपुग्नुभएकी उहाँले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताउनुभयो । विराटनगरकै डेनिस खानले फेसबुक र टिकटकमा मात्र यो पार्क देख्नुभएको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरु साथीहरुलाई यहाँ घुम्न आउन अनुरोध गर्छु” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)