रसुवाको बाढीग्रस्त क्षेत्रबाट यी २७ विदेशी पर्यटकको सफल उद्धार (सूचीसहित)
ratopati.com · Thu Aug 27 10:28:32 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको रिपोर्ट अनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो।
गत बुधबार बिहान साढे ८ बजेतिर आएको आकस्मिक बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य सरोकारवालाहरू बाढीग्रस्त क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धारमा सक्रिय भएका थिए । उद्धार गरिएका पर्यटकहरूमा ११ जना भारतीय, ४ जना दक्षिण कोरियाली, २ जना इटालियन, २ जना अमेरिकी र ८ जना चिनियाँ मुलका नागरिकहरू रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)