सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
annapurnapost.com · Thu Sep 17 14:15:02 GMT 2026

काठमाडौं : बिहिबार बसेको सिद्धार्थ बैंक सञ्चालक समितिको ४८२औं बैठकले आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफा एवं पूँजी समायोजन कोष बाट बैंकका साधारण शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मिति देखि २०८३ आषाढ मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) समानुपातिक रुपमा प्रदान गरिने छ।
साधारण शेयर तर्फ बैंकको हाल कायम रहेको चुक्ता पुँजी रु. १४,७९,४४,७९,१९५ (अक्षरेपी चौध अर्ब उनान्असी करोड चौवालीस लाख उनानअसी हजार एक सय पन्चानब्बे रुपैँया मात्र) मा १० प्रतिशत बराबरको रु १,४७,९४,४७,९२०( एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) बोनस शेयर तथा १० प्रतिशत बराबरको रु १,४७,९४,४७,९२०(एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) नगद लाभांश प्रस्ताव गरेको होे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)