नेपाल र भारतबिच आर्थिक साझेदारी विस्तारमा सहमति
ratopati.com · Thu Sep 17 14:24:26 GMT 2026

काठमाडौँ । नेपाल र भारतबिच आर्थिक साझेदारी विस्तारका विषयमा सहमति भएको छ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थ तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणबिच नयाँ दिल्लीमा बिहीबार द्विपक्षीय भेटवार्तामा यस्तो सहमति भएको हो ।
भेटमा दुई नेताबिच नेपाल र भारतबिचको दीर्घकालीन आर्थिक साझेदारीलाई थप मजबुत तथा फराकिलो बनाउने तथा विकास सहकार्यका विविध विषयमा गहन छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)