रसुवा बाढी: एनएमबि बैंक टिमुरे शाखाका चार कर्मचारी सम्पर्कविहीन
kendrabindu.com · Thu Aug 27 10:27:43 GMT 2026

काठमाडौं । रसुवा जिल्लाको टिमुरे आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारीहरू हालसम्म सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुने कर्मचारीहरूमा धर्म राज रिमाल, नविन गौतम, सुभाष रावल र अर्जुन पण्डित रहेका छन्। एनएमबि बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै यदि कसैले उनीहरूलाई देखेमा, भेटेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा यथाशीघ्र बैंकमा सम्पर्क गरिदिन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)