अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता
gorkhapatraonline.com · Thu Sep 17 14:32:21 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२ र ८३ मा विभिन्न कसुरका ९९० प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गत आवमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा सबैभन्दा बढी ५६ वटा मुद्दा सार्वजनिक हानि–नोक्सानीसम्बन्धी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)