एट्लेटिकोले दोस्रो स्थानमा उक्लिने मौका गुमायो
baahrakhari.com · Sun Nov 07 17:32:00 GMT 2021
एजेन्सी । इन्जुरी समयमा दुई गोल खाएपछि एट्लेटिको मड्रिड आइतबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियासँग ३–३ को बराबरीमा रोकिएको छ ।
भ्रमणकारी एट्लेटिकोले लुइस स्वारेजको गोलबाट ३५औँ मिनेटमा अग्रता लिएको थियो । ५०औँ मिनेटमा एट्लेटिकोका स्टेफन साभिचले गरेको आत्मघाती गोलमा भ्यालेन्सियाले बराबरी गर्यो । ५८औँ मिनेटमा एन्टोइन ग्रिजमनले गरेको गोलबाट एट्लेटिकोले पुनः अग्रता लियो । ६०औँ मिनेटमा सिमे भरसालजिकोले अर्को गोल थपेपछि एट्लेटिकोले ३–१ ले अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)