भारतका वित्तीय सुधारकको 'मौन प्रस्थान'
ekantipur.com · Thu Dec 26 21:20:39 GMT 2024
काठमाडौँ — भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री र त्यसअघि अर्थमन्त्री रहेका सिंह भारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छन् ।
सिंहको भारतीय समयअनुसार बिहीबार राति ९.५१ बजे उपचारका क्रममा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको हो । घरमै बेहोस भएका सिंहलाई उपचारका लागि एम्स पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)