जनमतले सोमबार माइतीघरमा प्रदर्शन गर्ने, सुरक्षा व्यवस्था मिलाइदिन प्रशासनलाई आग्रह
nepalpress.com · Sat Jun 06 09:27:29 GMT 2026

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
सोमबार पार्टीले अघि सार्दै आएको एजेन्डाबारे ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गर्न लागेको अध्यक्ष राउतले बताए।
सोमबार बिहान ९ बजे माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताए। काठमाडौंमा रहेका समर्थकहरूलाई तोकिएको समयमा माइतीघर मण्डलमा जम्मा हुन समेत आग्रह समेत गरे।
प्रदर्शनबारे जानकारी गराउँदै काठमाडौं प्रशासनलाई शान्ति सुरक्षाको व्यवस्था गरिदिने पत्र समेत पठाएको छ।पार्टीले जेठ २४–२५ गते केन्द्रीय समितिको विस्तारित समेत राखेको उनले बताए।
Kathmandu. The Janamat Party led by Dr. CK Raut is going to protest against the government at Maitighar.
Chairman Raut said that the protest is being held to draw attention to the agenda being put forward by the party on Monday.
He said that a peaceful protest will be held at Maitighar Mandal at 9 am on Monday. He also urged supporters in Kathmandu to gather at Maitighar Mandal at the designated time.
A letter has also been sent to the Kathmandu administration informing them about the protest and requesting them to make arrangements for peace and security. He said that the party has also extended the Central Committee meeting on Jestha 24-25.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)