मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यापालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा

barnanmedia.com · Thu Dec 26 22:10:38 GMT 2024

केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधासम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।

केपिलासगढीका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त स्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभयो । “गाउँपालिकाको नामकरणको आधारसमेत रहेको केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरूलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ”, उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकले केपिलासगढीको संरक्षण तथा प्रवर्द्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिबीच सहमति भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)