कामना सेवा विकास बैंकद्धारा बाढीपीडितका लागि २५ लाख सहयोग प्रदान
annapurnapost.com · Thu Aug 27 10:23:44 GMT 2026

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत १५ लाख गरी २५ लाख सहयोग गरिएको हो। उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानविय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)