पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर
barnanmedia.com · Thu Dec 26 22:40:19 GMT 2024

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेकाकारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्नसकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ ।
'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)