प्रधानमन्त्रीको गृह जिल्लामै छैन 'एन्टिस्नेकभेन्म', उपचार ठप्प
annapurnapost.com · Thu Sep 17 14:49:52 GMT 2026

बर्दिबास : प्रधानमन्त्री बालेन्द्र शाहको गृह जिल्ला महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा एन्टिस्नेक भेनमको अभावमा उपचार सेवा नै रोकिएको छ। तराई र पहाडका २१ जिल्लालाई सेवा दिँदै आएको उपचार केन्द्र औषधि अभावले ठप्प बनेको हो।
केन्द्रमा औषधिको हाहाकार भएपछि भदौ ३१ सूचना निकालेर सेवा ठप्प बनेको जानकारी दिइएको छ। बर्दिबासलाई सर्पदंशको हटस्पटका रूपमा लिइन्छ। तर, सर्पदंशका बिरामीको उपचार हुने बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमै अहिले एन्टिस्नेक भेनम छैन। अत्यावश्यक औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई उपचार नगरी जनकपुर रेफर गर्नुपर्ने अवस्था आएको केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)