नेपाल लिग २ लाई तयार
ekantipur.com · Sat Sep 11 00:40:26 GMT 2021
काठमाडौँ — पपुवा न्युगिनी (पीएनजी) लाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५१ रनले पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग २ को तयारी पूरा गरेको छ । रोहित पौडेलको सानदार ब्याटिङ र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले दुई खेलको शृंखला जितेको हो ।
अमेरिका र घरेलु टोली ओमानसँग हुने लिग २ का लागि नेपालले पीएनजीसँगको खेललाई तयारीको रूपमा लिएको थियो । विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । नेपालले मंगलबार पहिलो खेलमा पीएनजीलाई २ विकेटले पराजित गरेको थियो, त्यसमा नेपाललाई १ सय ३५ रन बनाउन हम्मे–हम्मे परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)