रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
ratopati.com · Fri Jul 17 01:51:53 GMT 2026
कार्डिफ । इंग्ल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४ विकेटले पराजित गर्दै तीन खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको छ। कार्डिफको सोफिया गार्डन्समा बिहीबार राति २३४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४४.१ ओभरमा ६ विकेट गुमाएर जित हात पार्यो।
इंग्ल्याण्डको जितमा जो रुट नायक बने। उनी ९९ रनमा अविजित रहे र खेलको उत्कृष्ट खेलाडी घोषित भए। अब शृङ्खलाको निर्णायक खेल १९ जुलाईमा लर्ड्स मैदानमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)