पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध
ekantipur.com · Fri Oct 07 01:13:05 GMT 2022
पाल्पा — अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौडेपुल, हिउँदेखोला, सिद्धबाबालगायत स्थानमा दर्जनभन्दा बढी पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि यातायात सेवा रातिदेखि नै अवरुद्ध भएको छ ।
राजमार्गको पिपलडाँडा क्षेत्रमा पनि माथिल्लो भागबाट खसेको लेदो माटोका कारण सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । दोभान प्रहरी चौकीका अनुसार वर्षा कमी हुनासाथ सडक डिभिजनको समन्वयमा पहिरो पन्छाइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)