मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

nagariknews.nagariknetwork.com · Thu Jun 04 10:56:17 GMT 2026

काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ। आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पतालका प्रमुख प्रा डा सुवास आचार्यलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् ।

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, जाँचसम्बन्धी परीक्षण रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाट पैसा भुक्तानी गर्न सकिने सुविधा भएका १६ वटा ‘इन्ट¥याक्टिभ किओक्स मेसिन’, रिपोर्ट तथा परीक्षणलगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा ‘अल इन वन डेक्सटप’ रहेका कामपाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय