इंग्ल्यान्डले विश्वकपमा आत्मसात् गरेको पुरानै पीडा
kendrabindu.com · Fri Jul 17 01:52:57 GMT 2026
एटलान्टा । थोमस टचेललाई इंग्ल्यान्ड प्रशिक्षक नियुक्त गरिँदा ठूलै हल्ला गरिएको थियो । त्यतिबेला टचेल आफैले दाबी गरेका थिए, आफ्नो उद्देश्य भनेको इंग्ल्यान्डलाई दोस्रो विश्वकपको उपाधि दिलाउनु हो ।
इंग्ल्यान्डले वर्षौवर्ष सफलता नजिक पुगेर पनि चुक्नुपरिरहेको थियो, यस्तोमा यी जर्मन प्रशिक्षकलाई त्यस पीडाबाट मुक्त गराउन सक्ने व्यक्तित्व मानिएको थियो । यसअघिका प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीको मदतमा दुई ठूला फाइनल खेलेको थियो । सँगै विश्वकपको एक सेमिफाइनल र एक क्वाटरफाइनल पनि । तर ती सबै अभियानको अन्त्य खराब नै रह्यो । त्यतिबेला साउथगेटमाथि लाग्ने गरेको आरोप थियो, यी प्रशिक्षक चाहिएका बेला खेलमा रणनीति फेर्न असक्षम छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)