बेलायतले गर्यो फिफालाई छानबिनको आग्रह
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप सेमिफाइनलमा इङ्गल्याण्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर प्रदर्शन गरेको घटनाप्रति बेलायतले आपत्ति जनाएको छ। एक बेलायती मन्त्रीले यस घटनाबारे विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) लाई छानबिन गर्न औपचारिक आग्रह गरेका छन् भने बेलायती प्रधानमन्त्रीको कार्यालयले पनि यस कदमको समर्थन गरेको छ।
अमेरिकी सहर एटलान्टामा बुधबार भएको सेमिफाइनल खेलपछि सिर्जना भएको यस विवादमा बेलायतका बिजनेस मन्त्री पिटर काइलले मैदानमा राजनीतिक प्रतीक प्रदर्शन गर्न निषेध गर्ने फिफाको नियमको ‘घोर उल्लङ्घन’ भएको बताएका छन्। उनले बीबीसीसँग कुरा गर्दै भने, “फुटबलबाट राजनीतिलाई अलग राख्नुपर्छ। विश्वकपको मुख्य सिद्धान्त नै यही हो। अब यो फिफाको विषय हो र हामीले यसबारे फिफाले छानबिन गर्ने अपेक्षा गरेका छौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)