कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
nepalnews.com · Thu Sep 17 15:32:04 GMT 2026

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा केही दिनका लागि पूर्ण रूपमा सञ्चालनमा रहने भएको छ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी एवं इञ्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइनखोलामा स्लोप स्टाबिलाइजेसन (सडकको भीर स्थिरीकरण)को काम भइरहेकाले गत भदौ २२ गतेदेखि उक्त क्षेत्रमा सवारी आवागमन आंशिक रूपमा सञ्चालन गरिएको थियो । कृष्णभीरको सडक खुलेसँगै तराईबाट काठमाडौँ प्रवेश गर्ने मुख्य लाइफलाइन मार्गमा यातायात सहज बनाउन केही दिनका लागि तुइनखोलाको काम रोकिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)