मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सगरमाथा इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम

abhiyandaily.com

काठमाडौं (अस) । सगरमाथा इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको २६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम गरिएको हो । स्थापनाको २६औं वर्ष पूरा गरेको अवसरमा कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम गरिएको कम्पनीले बताएको छ ।

कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदानको महत्त्वबारे प्रस्ट्याउँदै यसमा सहभागीहरूप्रति कृतज्ञता व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)