गगन थापा पनि महाधिवेशन प्रतिनिधि चुनिनुपर्छ
himalpress.com · Thu Sep 17 15:49:06 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीले अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ। यसअघिका महाधिवेशनमा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था भए पनि यसपटक कांग्रेसले त्यो प्रावधान हटाएको हो।
यससँगै सभापति गगन थापाले समेत महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर मात्र केन्द्रीय नेतृत्वको निर्वाचनमा सहभागी हुन पाउनेछन्। कांग्रेस नेताहरूका अनुसार नयाँ व्यवस्थाले केन्द्रीय नेतृत्वमा रहेका नेताहरूलाई पनि आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता र संगठनसँग जोडिनुपर्ने बाध्यता सिर्जना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)