बारा-२ मा कुशवाहाभन्दा यादव झन्डै ३ हजार मतले अगाडि
ekantipur.com · Tue Apr 25 17:56:56 GMT 2023
बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअनर्गत जारी मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ ।
महागढीमाई नगरपालिकामा उल्लेख्य मत ल्याई यादवसँगको मतान्तर घटाएका जनमत पार्टीका शिवचन्द्र कुशवाहा पुन: पछि पर्दै गएका छन् । अहिले पचरौता नगरपालिकाको मत गणना भइरहेको छ । मंगलबार दिउँसोसम्म ५ हजारभन्दा बढी मतले अघि रहेका यादव साँझपख करिब २ हजार ५ सय मतले मात्र अगाडि रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)