९२ जनामा डेङ्गु सङ्क्रमण
ratopati.com · Thu Sep 17 15:58:32 GMT 2026

चितवन । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन्। जिल्लामा सबैभन्दा बढी सङ्क्रमण रत्ननगर नगरपालिकामा ३० जना डेङ्गुका सङ्क्रमित रहेका जनाउँदै उनले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)