‘अर्ग्यानिक’ उत्पादन र आत्मनिर्भर प्रदेश बनाउने अभियानमा छौँ : मुख्यमन्त्री शाही
ratopati.com · Thu Sep 17 16:04:48 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई ‘अग्र्यानिक’ उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै अर्ग्यानिक कृषि उत्पादन बढाएर कर्णाली प्रदेशलाई देशकै नमूना तथा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए। कुल गार्हस्थ्य उत्पादनमा कर्णालीमा योगदान गर्ने प्रमुख क्षेत्र कृषि नै रहेकाले यसलाई अझ बढावा दिइएको उहाँको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)