मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनद्वारा इन्टरनेट प्रविधिको नयाँ परीक्षण उपग्रह सफल प्रक्षेपण

barnanmedia.com · Mon Jun 01 21:15:01 GMT 2026

चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो ।

चिनियाँ समयअनुसार बिहान २ बजेर ७ मिनेटमा वाहक रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक स्थापित भएको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ । प्रक्षेपण प्रक्रिया पूर्ण रूपमा सफल रहेको र उपग्रहले आफ्नो प्रारम्भिक कार्य सञ्चालन सुरु गरिसकेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)