इलाममा माईखोला र देउमाईमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Sat Jul 19 17:53:00 GMT 2025

काठमभाडौं । इलाममा शनिबार (साउन ३) राति बाढी आएको छ । चिसापानीस्थित जलमापन केन्द्रमा माईखोला सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीतटीय क्षेत्रमा आइतबार (साउन ४) बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन ०३ गते, राति ११ः१५ बजे । इलाम जिल्लास्थित माईखोला, चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले बिहानसम्म उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)