जीतपुरसिमरा उपमहानगर : छैन सर्पदंशको उपचार, मौन छ सरकार
annapurnapost.com · Thu Sep 17 16:09:49 GMT 2026

सिमरा : बारा जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहकी ४२ वर्षीय मञ्जु बन्जारा बिहीबार बिहान करिब ५ बजे आफ्नै घरमा काम गरिरहेकी थिइन्। भर्खरै सकिएको तीजपछि नियमित सरसफाइ गरिरहेकी मञ्जुले अचानक खुट्टामा केहीले टोकेको जस्तो महसुस गरिन्। अध्यारो भएका कारण उनले केले टोकेको भन्ने ठम्याउन सकिनन्। लगत्तै उनले भित्र रहेका श्रीमान् रेशमलाई सुनाइन्। श्रीमानले पनि सुरुमा मुसाले हो कि भन्ने सोचे। तर खुट्टाको औलामा देखिएको घाँउ हेरेपछि सर्पले डसेको पुष्टि हुन पुग्यो।
रेशमले अत्तालिदै छरछिमेकलाई बोलाए। मञ्जुको खुट्टामा कपडा बाँधेर तत्कालै उपचारका लागि लैजान खोजियो । केही समयमै गाडी व्यवस्थापन गरेर वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्रमा लगियो। घरमा हुँदा बोलिरहेकी मञ्जु अस्पताल पुर्याउदा अचेत भईसकेकी थिइन्। चिकित्सकले पनि ढिलो भएका कारण उपचार सम्भव नभएको बताए। त्यहाँबाट उनलाई सीमावर्ती शहर रक्सौलको डंकन अस्पताल लगियो। त्यहाँबाट पनि चिकित्सकले फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)