मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली सेनाको टोली कञ्चनजंघा शिखरमा

ekantipur.com · Sat May 07 00:57:37 GMT 2022

ओखलढुंगा — ताप्लेजुङमा अवस्थित संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा शनिबार बिहान नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेको जनाइएको छ ।

सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)