बेँसीसहर-चामे सडकमा खसेको ढुङ्गा हटाउन समस्या
reportersnepal.com · Thu Sep 17 16:15:51 GMT 2026

मनाङ । मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर-चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ । बुधबार बिहान नासोँ गाउँपालिका-३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बुधबारदेखि सडक खुलाउने प्रयास भइरहेको बताए । “बुधबार दिनभर र बिहीबार ब्लाष्टिङ गरेर हटाउने प्रयास गरिएको छ तर ब्लाष्ट गर्दा पनि ठूलो चट्टान भएकाले फुटेन”, उनले भने, “डोजरसहितका उपकरणले पहिरो पन्छाउने प्रयास भइरहेको छ । योसँगै पुनः ड्रिल गर्ने काम पनि भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)